शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बस कि रेल? जापानले बनायो विश्वकै पहिलो ‘डबल मोड’ सवारी 

शनिबार, पुस १० २०७८
बस कि रेल? जापानले बनायो विश्वकै पहिलो ‘डबल मोड’ सवारी 

काठमाडौं- सडकमा गुडाउन बस र लिकमा गुडाउन रेल बनाइएको त हामीले देखेकै/चढेकै छौँ। तर एउटै साधन बस र रेलको रुपमा गुढेको यसअघि सायदै देखिएको थियो। हो, जापानले बस र रेलका रुपमा गुढ्न सक्ने सवारीको विकास गरेर शनिबार सार्वजनिक रुपमा प्रयोगमा ल्याएको छ। 

जपानको एक कम्पनीले निर्माण गरेको सो सवारीलाई विश्वै पहिलो डबल मोड भेहिकल (डीएमभी) मानिएको छ। देख्दा मिनिबस झै देखिने यो सवारी सडकमा हुँदा सामान्य गाडी जस्तैगरि टायरको मद्दतले गुड्छ भने रेलको लिकमा पुगेपछि स्टिलको पांग्रा निस्किएर रेलको लिकमा गुड्न सक्ने गरि निर्माण गरिएको छ। 

nvj.jpg

यो सवारी जापानको असा बोस्ट रेल्वे कम्पनीले बनाएको हो। जापानको काइयो सहरजस्तै साना सहरका लागि उपयुक्त हुने गरि यो सवारी बनाइएको कम्पनीका सीईओ सिजिकी मिउराले बताएका छन्। यो डीएमभी सवारी स्थानीय बस जसरी गुडी रहेको अवस्थामा सहजै रेल्वे लिकमा समेत गुडाउन सकिने उनले बताएको रोयटर्सले लेखेको छ।  

साना सहरमा सार्वजनिक यातायात सञ्चालन गर्न निक्कै कठिन भएकाले उनीहरु नाफामा जान नसकेको ती सीईओको भनाइ छ। यो सवारी रेलको लिक र सडक दुबै भएको ठाउँमा सहजै गुडाउन सकिन्छ। 

यो बस २१ जना यात्रु बोकेर ६० किलोमिटर प्रतिघण्टाको गतिमा रेल्वे लिकमा र १ सय किलोमिटर प्रतिघण्टाको गतिमा सडकमा कुद्न सक्छ। यो सवारीमा डिजेल इन्धन इन्जिन रहेके छ।  


प्रकाशित : शनिबार, पुस १० २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend