आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयरधनीलाई दुई वर्षको लाभांश दिने तयारीमा रहेको नेपाल लाइफको बजार हिस्सा २६.७१ प्रतिशत

images
आइतबार, पुस ११ २०७८
images
सेयरधनीलाई दुई वर्षको लाभांश दिने तयारीमा रहेको नेपाल लाइफको बजार हिस्सा २६.७१ प्रतिशत

१९ वटा जीवन बीमा कम्पनी नेपाल लाइफले मात्रै पाँच महिनाको अवधीमा १५ अर्ब ४४ करोड शुल्क संकलन गरेको छ। जुन जम्मा संकलन रकमको २६.७१ प्रतिशत हो। 

images
images

काठमाडौं- सेयरधनीलाई दिने लाभांश र व्यवसायमा सधैँ अगाडि रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो पाँच महिनामा पनि अब्बल नै देखिएको छ।

images
images
images

१९ वटा जीवन बीमा कम्पनी नेपाल लाइफले मात्रै पाँच महिनाको अवधीमा १५ अर्ब ४४ करोड शुल्क संकलन गरेको छ। जुन जम्मा संकलन रकमको २६.७१ प्रतिशत हो। जब कि १९ वटा कम्पनीले पाँच महिनामा ५७ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। 

images
images

जब कि कम्पनीले दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ। बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफले आगामी आर्थिक वर्षमा कति लाभांश दिन सक्ला भन्ने जिज्ञासा लगानीकर्ताहरू माझमा रहेको देखिन्छ।

images
images

साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ५७ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। गत वर्ष यहि अवधीमा ४९ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। 

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ११.३८ प्रतिशत बजार हिस्सा रहेको छ। भने कर्पोरेशनले मंसिरसम्म ६ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ। तेस्रो धेरै बीमा शुल्क संकलन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको छ। जसको  बजार हिस्सा ९.७५ प्रतिशत रहेको छ। 
कम्पनीले विगत एक दशकमा वितरण गरेको नाफालाई हेर्ने हो भने एकदमै आकर्षक देखिन्छ।

कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ को लाभांश वितरण गर्न बाँकी छ। तर कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरणका लागि मात्रै आवस्यक प्रकृया अगाडी बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को एक्चुअरी भ्यालुएसन गराएर बीमा समितिमा पेश गरेको छ। बीमा समितिले उक्त भ्यालुएसन रुझु गराए पछि मात्रै लाभांश घोषणा गर्न पाउने छ। 

कम्पनीले विगतका वर्षमा वितरण गरेको मुनाफमा एफपिओ निष्काशन गर्दा आर्जन भएको प्रिमियमको योगदान सर्वाधिक छ। कम्पनीले २०७५/२०७६ सम्मको सञ्चित जगेडा कोषबाट ५१ प्रतिशत लाभांश वितरण गरिसकेको छ। आर्थिक वर्ष २०७६/७७ को जगेडा कोषमा एक अर्ब हारारहारी रकम रहेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को अपरिष्कृत वित्तीय विवरणमा ५२ करोड रुपैयाँ नाफा देखाएको थियो तर यस वर्षको लेखापरीक्षण प्रतिवेदनमा एक अर्ब ३३ करोड रुपैयाँ मुनाफा देखिएको थियो। कम्पनीले लाभांश वितरणको तयारी गरेको आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरणमा ५३ करोड रुपैयाँ नाफा देखिन्छ।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ भन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ । यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्ब भन्दा धेरै रकम देखिन जान्छ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ। कम्पनीले लाभांश वितरण गर्न बाँकी आर्थिक वर्ष २०७६/७७ को जगेडा कोषमा कम्तिमा पनि तीन अर्ब भन्दा धेरै रकम देखिन सक्छ। यहि हिसावले कम्पनीको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत भन्दा धेरै रहन सक्छ।

 

 


प्रकाशित : आइतबार, पुस ११ २०७८०१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend