शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कसरी स्पञ्ज आइरनले गर्छ ५४.७६ प्रतिशत भ्यालुएड?

बुधबार, जेठ २३ २०८१
कसरी स्पञ्ज आइरनले गर्छ ५४.७६ प्रतिशत भ्यालुएड?

यसमा आवश्यक हुने अन्य कच्चा पदार्थमा १ बाट २ प्रतिशत बनाइदिएका छन्। जसको असर उद्योगमा सिधा पर्ने र लगानी नै डुब्ने भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्टिलमा गरेको करको दर फेरबदलले स्वदेशी उद्योग नै संकटमा पार्ने देखिएको छ। 

विश्वमै नभएको करका दर लगाएर औद्योगीकरणमा सरकार नै बाधक बनेको व्यवसायीहरूले आरोप लगाउँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसमा संशोधन गर्ने प्रतिबद्धता उद्योगीहरूसँगको भेटमा गरिसकेका छन्। 

२०७८ सालमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनमा आधारीत उद्योगलाई राहत दिएपछि ३६ अर्ब रुपैयाँ थप लगानी भएको थियो। तर अर्थमन्त्री पुनले पहिले १ प्रतिशत भन्सार रहेको स्पञ्ज आइरनमा बढाएर २.५ प्रतिशत बनाइदिएका छन्।

त्यस्तै यसमा आवश्यक हुने अन्य कच्चा पदार्थमा १ बाट २ प्रतिशत बनाइदिएका छन्। जसको असर उद्योगमा सिधा पर्ने र लगानी नै डुब्ने भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन्। 

बजेटमार्फत बिलेटमा ५ प्रतिशत भन्सार यथावत छ। तर अन्तःशुल्क भने बराबर बनाइएको छ। बिलेटको आयातमा प्रतिकिलो २.५ रुपैयाँ अन्तःशुल्क हटाइएको छ। अब दुवै प्रकारका उद्योगले उत्पादित डन्डीमा राज्यलाई प्रतिकिलो एक रुपैयाँ अन्तःशुल्क तिर्नुपर्छ। यसबाट ठूलो लगानी गरेर रोजगारीसमेत ठूलो मात्रामा सिर्जना गरेका स्पञ्ज आइरन उद्योगीहरू मारमा पर्ने निश्चित छ।

छिमेकी देशमा स्‍पञ्ज आइरन र बिलेटमा भन्सार दर ३३ प्रतिशतसम्म फरक हुँदा नेपालमा घटाइयो, कुन देशमा कस्तो? छिमेकी देशमा स्‍पञ्ज आइरन र बिलेटमा भन्सार दर ३३ प्रतिशतसम्म फरक हुँदा नेपालमा घटाइयो, कुन देशमा कस्तो?

नेपालमा स्पञ्ज आइरनबाट टीएमटी बनाउँदा र बिलेटबाट टीएमटी बनाउँदाको भ्यालु एडिसनमा धेरै फरक हुने गरेको छ। तर अर्थमन्त्री पुनले भने उस्तै रहेको बताउँदै आएका छन्। तथ्यांकले के देखिन्छ भने स्पञ्ज आइरनबाट टीएमटी बनाउँदा ५४.७६ प्रतिशत भ्यालुएड हुने देखिन्छ। तर बिलेटबाट टीएमटी बनाउँदा ११.५० प्रतिशतमार्फत भ्यालुएड रहने छ। यसबाटै पनि स्पञ्ज आइरनमा गरिएको करको फेरबदल गलत रहेको पुष्टि हुन्छ। 

11111.JPG

त्यस्तैगरी चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ५८ हजार ६ सय ५५ मेट्रिकटन स्पोञ्ज आइरन भित्रिएको छ। तर बिलेट भने १० महिनामा १ लाख ४० हजार ६ सय २ मेट्रिक टन भित्रिएको छ। यता पीग आइरन ३३ हजार ७ सय ७३ मेट्रिक टन १० महिनामा भित्रिएको छ। यसबाट हेर्दा प्रति मेट्रिक टन स्पोञ्ज आइरनबाट ४७ हजार ५ सय ४१ रुपैयाँ बाहिरिएको छ।

यता बिलेटबाट ७२ हजार ६ सय २७ रुपैयाँ प्रतिमेट्रिक टन बाहिरिएको छ। पिग आइरनमा ६७ हजार ६ सय ९३ रुपैयाँ प्रतिमेट्रिक टन रकम बाहिरिएको छ। यसबाट पनि कुन उद्योग नेपालको लागि हितकर छ भन्ने प्रष्ट देखिएको छ। 

औद्योगीकरणमा सरकारको अस्थिर नीतिले उद्योगीको अर्बौं लगानी जोखिममा औद्योगीकरणमा सरकारको अस्थिर नीतिले उद्योगीको अर्बौं लगानी जोखिममा

स्पञ्ज आइरनमा कसरी पुग्छ ५४.७६ प्रतिशत भ्यालुएड?

अर्थमन्त्री पुनले करको दर हेरफेर गर्नुभन्दा अगाडिको भन्सार तथ्यांकले स्पञ्ज आइरनबाट ५४.७६ प्रतिशत भ्यालु याडिसन हुने देखिन्छ।

यता बिलेटमा भने ११.५० प्रतिशत मात्रै रहेको छ। स्पञ्ज आइरनको ३५ हजार ८ सय ९२ रुपैयाँ लगानी हुँदा ९२ हजार ७९ रुपैयाँ हुन्छ। ८३ हजार ४ सय ४४ रुपैयाँ लगानी गर्दा बिलेटको ९४ हजार २ सय ८९ रुपैयाँ हुन्छ।

111.JPG

बिजुलीतर्फ स्पञ्ज आइरनले १ हजार युनिट बिजुली प्रयोग गरेर ९ हजार ५ सय रुपैयाँ खर्च गर्दछ। यता बिलेटतर्फ ११० युनिट खर्च गर्दा बिजुली खर्च १ हजार ४५ रुपैयाँमात्रै हुने गर्दछ। 

त्यस्तै बिलेटले १ हजार जनाका लागि रोजगारी सिर्जना गर्दा स्पञ्जले ३ हजार जनालाई रोजगारी सिर्जना गर्दछ। त्यस्तैगरी बिलेटले प्रशासनिक खर्च ५ सय रुपैयाँ गर्दा स्पञ्ज आइरनले १ हजार रुपैयाँ गर्दछ।

1111.JPG


प्रकाशित : बुधबार, जेठ २३ २०८१०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend