मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पाँच महिनामा ९६ लाख जीवन बीमा लेख जारी हुदाँ ५७ अर्ब रुपैयाँ संकलन , व्यवसाय १६.७८ प्रतिशतले बढ्यो

images
शनिबार, पुस १० २०७८
images
images
पाँच महिनामा  ९६ लाख जीवन बीमा लेख जारी हुदाँ ५७ अर्ब रुपैयाँ संकलन , व्यवसाय १६.७८ प्रतिशतले बढ्यो

पछिल्लो पाँच महिनामा बिमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा आफ्नो व्यवसाय १६.७८ प्रतिशतले बृद्धि गरेका छन्। 

images
images

काठमाडौं- पछिल्लो पाँच महिनामा बिमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा आफ्नो व्यवसाय १६.७८ प्रतिशतले बृद्धि गरेका छन्। 

images
images

बीमा समितिले साउन देखि मंसिरसम्मको उपलव्ध गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। गत वर्ष यहिँ अवधीमा ४९ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। 

images
images

पाँच महिनामा ९६ लाख १९ हजार ४ सय ४७ बीमा लेख जारी भएका छन्। उक्त बीमा लेख पनि गतवर्षको तुलनमा २२.९६ प्रतिशतले बढी हो।

images
images
images

जीवन बीमा कम्पनीहरु मध्ये सवैभन्दा धेरै नेपाल लाइफको बजार हिस्सा देखिन्छ। १९ वटा जीवन बीमा कम्पनी नेपाल लाइफले मात्रै पाँच महिनाको अवधीमा १५ अर्ब ४४ करोड शुल्क संकलन गरेको छ। जुन जम्मा संकलन रकमको २६.७१ प्रतिशत हो। 

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ११.३८ प्रतिशत बजार हिस्सा रहेको छ। भने कर्पोरेशनले मंसिरसम्म ६ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ। तेस्रो धेरै बीमा शुल्क संक्लन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेको छ। जसको  बजार हिस्सा ९.७५ प्रतिशत रहेको छ।

सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५४ करोड २ लाख रुपैयाँ प्रिमियम मात्रै संकलन गरेको छ। 


प्रकाशित : शनिबार, पुस १० २०७८०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend