आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क

मंगलबार, जेठ २२ २०८१
नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनुपर्ने छ।

काठमाडौं- जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राति ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।

डिशहोमले आज दिउँसो ०३:१५ बजे ‘लेख्नेछौँ नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको छ। यो अफर आज राति ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनुपर्ने छ। रिचार्ज गर्नका लागि आफूनजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गइ बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ।

साथै अनलाइन पेमेन्ट वालेटहरुमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ। थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।


प्रकाशित : मंगलबार, जेठ २२ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend