शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गएको दशकको गजवका १० कन्सेप्ट कार

शनिबार, पुस १० २०७८
गएको दशकको गजवका १० कन्सेप्ट कार

उत्पादन भएमा यो कन्सेप्ट कार धेरै कारप्रेमीका लागि हट केकका रुपमा रहने छ। 

काठमाडौं- यदि विश्वका कार उत्पादकहरूले सार्वजनिक गरेको ‘कन्सेप्ट कार’ सबै बनेर प्रयोगमा आएको भए अहिले कार प्रयोगकर्ताहरूका लागि त्यो अद्भुत अनुभव भइसकेको हुन्थ्यो।

कार उत्पादकहरूले जहाँसुकै हुने अटो शोहरूमा कुनै न कुनै किसिमको कन्सेप्ट कार सोकेस गर्दै नै आएका छन्। अटो शो हेर्न जानेहरूमध्ये धेरैको ध्यान पनि कन्सेप्ट कारले नै आकर्षित गर्ने गरेको छ। यसको हुटहुटी संसारभर छ।

यस्तै हुटहुटीले पनि धेरै आविष्कारहरू सार्थक भएका छन्। यसका अलावा अटो शोहरूमा कार उत्पादक कम्पनीहरूले नयाँ प्रविधि, केही अस्पष्ट लाग्ने विचारजस्ता कुराहरू समेत सार्वजनिक गर्ने गरेका छन्। 

समयक्रमसँगै विगतमा सार्वजनिक गरिएका कन्सेप्टहरू वास्तविकतामा परिणत हुँदै गएका पनि छन्। जस्तो कि विद्युतीय कार, स्वचालित कार अहिले सडकमा गुड्न थालिसकेका छन्। विद्युतीय कार त छ्यापछ्याप्ती नै भइसकेका छन् भने स्वचालित कार (सेल्फ ड्राइभिङ) परीक्षणको अन्तिम चरणमा रहेका छन्। 

त्यसैले अहिलेका कन्सेप्ट कारहरू भविष्यमा वास्तविकतामा परिणत नहोलान् भन्न सकिँदैन। तर आएका सबै कन्सेप्टहरू भने वास्तविकतामा रुपान्तरित हुन सकेका छैनन्। यहाँ गएको दशकमा सार्वजनिक भएका १० दमदार कन्सेप्ट कारका बारेमा उल्लेख गरिएको छ। 

१०. माज्दा आरएक्स-भिजन

yeti electronic tag.jpg

जापानी कार उत्पादन कम्पनी माज्दाले यो कन्सेप्ट कार २०१५ को टोकियो मोटर शोमा सार्वजनिक गरेको थियो। यो कन्सेप्टमा कार बनिसकेको भने छैन। माज्दाको यो कन्सेप्ट कार २०१६ मा फ्रान्समा भएको ३३औं फेस्टिवल अटोमोबाइल इन्टरनेशलनमा समेत छनोट भएको थियो। 

९. रेनो ट्रेजर 

yeti electronic tag.jpg

रेनोको यो कन्सेप्ट कार ट्रेजरमा नजर पर्ने वित्तिकै जो कोहीको ध्यान आकर्षित गरिहाल्छ। यो कारको छानोको भाग पुरै खुल्ने र कारको इन्टेरियर हेर्न सकिने गरि डिजाइन गरिएको थियो। फ्रान्सेली कार उत्पादन कम्पनी रेनोले यो कन्सेप्ट कार २०१६ मा सार्वजनिक गरेको थियो। यो गएको दशकको उत्कृष्ट विद्युतीय कन्सेप्ट कार हो। 

८. फक्सवागन एटलास टानोक

yeti electronic tag.jpg

जर्मन कार उत्पादक कम्पनी फक्सवागनले उत्पादन गर्दै अएको एटलास क्रसओभरमा आधारित रहेर कम्पनीले यो मिडसाइज पिकअप कन्सेप्ट सार्वजनिक गरेको थियो। एटलास टानोक कन्सेप्ट २०१८ मा सार्वजनिक गरेको थियो। यो पिकअप फक्सवागनले होन्डाका रिजलाइनसँग प्रतिस्पर्धा गर्ने गर्ने परिकल्पना गरेको थियो। यो पिकअपमा अद्भुत बेड डिजाइन समेत समावेछ थियो। 

७. अउडी स्काइस्पेयर

yeti electronic tag.jpg

जर्मन विलाशी कार निर्माता कम्पनी अउडी कन्सेप्ट कार सार्वजनिक गर्नमा अब्बल कहलिएकाृे छ। अउडीको क्रान्तिकारी कन्सेप्ट डिजाइन अन्तर्गत यो स्काइस्पेयर सार्वजनिक भएको हो। दुई ढोके विद्युतीय रोडस्टारका रुपमा परिचित यो कन्सेप्ट कार निक्कै विलाशी हुने परिकल्पना गरिएको छ। 

६. निसान आईडीएक्स

yeti electronic tag.jpg

२०१३ को टोकियो मोटर शोमा सार्वजनिक भएको निसानको आईडीएक्स कन्सेप्ट कार सर्वसाधारणले उत्पादन गर्नुपर्ने बताएका थिए। जापानी कार उत्पादक कम्पनी निसानले उक्त मोटर शोमा आईडीएक्स र आईडीएक्स निसमो कन्सेप्ट सार्वजनिक गरेको थियो। यो कन्सेप्ट फ्रन्ट इन्जिन र रेयर ड्राइभ स्पोटर्स कुपे डिजाइनमा आधारित हो। 

५. जिनेसिस् मिन्ट

yeti electronic tag.jpg

कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर्सको प्रिमियम कार उत्पादक जिसेसिस्ले २०१९ को न्यु योर्क अटो शोमा जिनेसिस् मिन्ट कन्सेप्ट सार्वजनिक गरेको थियो। दुई ढोके यो विद्युतीय कन्सेप्ट कारले २ सय माइल रेन्ज र ३ सय ५० केडब्लूको फास्ट चार्ज रहेको दाबी कम्पनीले गरेको थियो। 

४. पोर्सच् ९१७ रेसर कन्सेप्ट 

yeti electronic tag.jpg

प्रिमियम स्पोर्टस कार उत्पादन कम्पनी पोर्सच् जर्मन कम्पनी हो। यो कम्पनी फक्सवागन ग्रुप अन्तर्गत कै हो। पोर्सच् ९१७ लिभिङ लिजेन्ड कन्सेप्ट कार २०२० मा सार्वजनिक भएको थियो। 

३. जीएफजी स्टाइ कंगारु

yeti electronic tag.jpg

जीएफजी स्टाइल कम्पनी इटालीका चर्चित डिजाइनर जर्जियो जिउजिरोको हो। उक्त कम्पनीले २०१३ को जेनेभा मोटर शोमा जीएफजी स्टाइल कंगारु कन्सेप्ट सार्वजनिक गरेको थियो। विद्युतीय सुपरकारमा आधारित यो डिजाइन एरोडाइनामिक हो भने यसको ग्राउन्ड क्लियरेन्स भने क्रसआभर सरह छ। 

२. प्युजो इ-लिजेन्ड कन्सेप्ट 

yeti electronic tag.jpg

यो कन्सेप्ट कार फ्रान्सेली कार उत्पादक प्युजोको पछिल्ला वर्षहरूयाताकै महत्वाकांक्षी परियोजना हो। प्युजो इ-लिजेन्ड पूर्ण स्वचालित, विद्युतीय हुने र शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको.स्पीड ४ सेकेन्डमै भेट्ने दाबी कम्पनीको छ। यो कन्सेप्ट कारमा प्युजोले धेरै नै नयाँपन दिने कोशिस गरेको छ। 

१. मर्सिडिज मेव्याक भिजन ६ क्याब्रियोले

yeti electronic tag.jpg

जर्मन विलाशी कार निर्माता कम्पनी मर्सिडिजको समेत विलाशी भर्सन मर्सिडिज मेव्याक भिजन ६ क्याब्रियोले २०१७ मा अमेरिकाको क्यालिफोर्नियामा भएको मोन्ट्रे कार विकमा सार्वजनिक भएको थियो। यो कम्सेप्ट कार गएको दशकको सबैभन्दा आकर्षक कन्सेप्ट कारका रुपमा रहेको हटकार्सले लेखेको छ। 

पूर्ण विद्युतीय यो कन्सेप्ट कार २० फिट लोमा छ भने सुविधायुक्त र विलाशीताको नमुना रहेको दाबी गरिएको छ। ४ वटा मोटर रहेको यो कारमा ७ सय ५० हर्सपावर र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४ सेकेन्डभन्दा कम समयमा पकड्ने छ। उत्पादन भएमा यो कन्सेप्ट कार धेरै कारप्रेमीका लागि हट केकका रुपमा रहने छ। 


प्रकाशित : शनिबार, पुस १० २०७८०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend