बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

दुईदिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो, एक हजार सातसयले बढ्दा हालसम्मकै उच्च

images
मंगलबार, जेठ २२ २०८१
images
दुईदिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो, एक हजार सातसयले बढ्दा हालसम्मकै उच्च

मंगलबार सुन प्रतितोला एक हजार ७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार र सोमबार दुईदिन घटेको सुनको मूल्य पुन: उकालो लागेको छ। 

images
images
images

गएको साता शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता लगातार दुईदिनको गिरावटपछि मंगलबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको छ। 

images
images

मंगलबार तोलामा एक हजार सातसय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ कायम छ।

images
images

सोमबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। 

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६० रूपैयाँ तोकिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँ र सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ २२ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend