बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

images
सोमबार, जेठ २१ २०८१
images
प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

images
images
images

गएको साता शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँ पुगेर आइतबार प्रतितोला दुईसय रूपैयाँले ओरालो लागेको सुनको मूल्य सोमबार पनि घटेको हो।

images
images

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य पनि आज प्रतितोला १५ रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, जेठ २१ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend