सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

हावाहुरीले दुई हजार पाँचसय बिघा क्षेत्रफलको केरामा क्षति

सोमबार, जेठ २१ २०८१
हावाहुरीले दुई हजार पाँचसय बिघा क्षेत्रफलको केरामा क्षति

जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए। उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ।

चितवन- जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ।

चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए। उनले भने, 'पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ।' जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए। उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ।

संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। ७० जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। ९० प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए।

बीमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बीमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए। जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ।

उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। वास्तविक तथ्यांक आउने केही समय लाग्ने उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend