बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सिट्रोनको नयाँ ईसीथ्री साइन सार्वजनिक हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
सिट्रोनको नयाँ ईसीथ्री साइन सार्वजनिक हुँदै

सिट्रोनको ईसीथ्री साइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ।

images
images

काठमाडौं- नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोन ईसीथ्रीको नयाँ भर्सन ईसीथ्री साइन सार्वजनिक गर्दै छ। कम्पनीले आइतबार विद्युतीय कार सार्वजनिक गर्न लागेको हो। 

images
images
images

उच्च प्रविधि र परिष्कृत सुविधासहित सिट्रोन ईसीथ्री साइन विद्युतीय कार लिनेहरुका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र विशेषता दुवैलाई महत्व दिनेछन्। यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू, र इलेक्ट्रिकल ओआरभीएमहरूलगायत नयाँ सुविधाले सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको दाबी कम्पनीले गरेको छ। 

images
images

सिट्रोनको ईसीथ्री साइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ। ईसीथ्री साइन र यसको बारे थप जानकारीको सार्वजनिक गर्ने क्रममा बताउने कम्पनीले जनाएको छ। 

images
images

सिट्रोन फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ। अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ। 

फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ। १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ। 

ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले सहरी क्षेत्रका लागि डिजाइन गरिएका विद्युतीय मोबिलिटीका साथै एसयूभी, सेडान र इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ। 

व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखि बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६ सय २ सय बिक्री र सेवाहरूको नेटवर्क रहेको छ। 


प्रकाशित : आइतबार, जेठ २० २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend