शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेनेलीको प्रिमियम स्कुटर पानारिया १२५ सार्वजनिक 

शुक्रबार, पुस ९ २०७८
बेनेलीको प्रिमियम स्कुटर पानारिया १२५ सार्वजनिक 

काठमाडौं- इटालीयन मोटरसाइकल उत्पादन कम्पनी बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले बेनेलीको प्रिमियम स्कुटर पानारिया १२५ सार्वजनिक गरेको छ। शुक्रबार कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेसँगै बेनेली पनि नेपाली प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको हो। 

पानारिया स्कुटर ईएफआई आधुनिक विशेषतायुक्त क्लासिक लुक भएको स्कुटर हो। यसमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ। यो इन्जिनले ७५ सय आरपीएममा ८.५ पीएस पावर र ६ हजार आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ। यो स्कुटरको नाम इटालीको एक आइल्यान्डको नामबाट राखिएको हो। 

यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायत क्लासमै उत्कृष्ट विशेषता रहेका छन्। 

यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ। पनारिया १२५ ईएफआई स्कुटर सेतो, कालो, निलो र पहेँलो गरि ४ रंगमा उपलब्ध रहेको छ। यो स्कुटरको नेपाली बजारमा ३ लाख ३४ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ।

पछिल्लो समय प्रिमियम मोटरसाइकल सेगमेन्टमा बलियो उपस्थिति बनाउँदै गएको बेनेलीले अब स्कुटर सेगमेन्टमा समेत पकड कायम गर्ने दाबी कम्पनीले गरेको छ। 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend