आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कीर्तिमानी बिन्दुमा पुग्यो सुनको मूल्य, तोलामै १७ सय रुपयाँले वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
कीर्तिमानी बिन्दुमा पुग्यो सुनको मूल्य, तोलामै १७ सय रुपयाँले वृद्धि

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले ओरालो लागेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबारका लागि १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज शुक्रबारको वृद्धिपछि कीर्तिमान कायम भएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबारका लागि १ लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। 

तेजाबी सुन बिहीबार १ लाख ३९ हजार ८ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले ओरालो लागेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबारका लागि १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण भएको छ। 

प्रकाशित : शुक्रबार, जेठ १८ २०८१११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend