सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मादी गाउँपालिकामा किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
मादी गाउँपालिकामा किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ। कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन्।

गण्डकी- कास्की जिल्लाको मादी गाउँपालिका-१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ। मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो।

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो।

एउटा ट्रयाक्टरको मूल्य ५६ हजार परेको जसमा किसानले २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए। सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो।

'सहकारीले उत्पादन जोड दिँदै आएको छ', अध्यक्ष बरालले भने। खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ। कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन्।

कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो। जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १८ २०८११०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend