बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गरिने, हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन हुने

images
शुक्रबार, पुस ९ २०७८
images
औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गरिने, हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन हुने

हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्क सेवा, इएमएस महशुल पुनरावलोकन गर्ने निर्णय

images
images

काठमाडौं- सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ। 

images
images
images

शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले औद्योगिक व्यवसाय ऐनबमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए।  

images
images

यसका साथै सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्क सेवा, इएमएस महशुल पुनरावलोकन गर्ने निर्णय गरेको छ। 

images
images

यस्तै सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ।

सरकारले क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend