बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
images
मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

व्यास-५ स्थित मादी नदी किनारबाट व्यास-१ को अमिलीभञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी लैजाने तयारी गरिएको हो।

images
images

तनहुँ- व्यास नगरपालिका-१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ-खानेपानी आयोजनाको निर्माण  सुरुआत भएको छ। सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो।

images
images
images

कूल २६ करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ। विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न गर्ने गरी सम्झौता भएर निर्माण कार्य अघि बढाइएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

images
images

व्यास-५ स्थित मादी नदी किनारबाट व्यास-१ को अमिलीभञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी लैजाने तयारी गरिएको हो।

images
images

मादीनदी किनारमा पानी लिफ्टिङ गरी अमिलीभञ्ज्याङमा निर्माण गरिने पानी प्रशोधन केन्द्रबाट पानी वितरण गरिने छ। उक्त आयोजनाको निर्माण सम्पन्नपश्चात् प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहेको सो संस्थाले जनाएको छ।

अमिलीभञ्ज्याङमा पानी प्रशोधन केन्द्रस्थल निर्माणको लागि डोजर लगाएर बाटो बनाउने कार्य थालिएको छ। उनले भने, 'अब खानेपानीको काम तीव्र गतिमा अघि बढ्छ।'

नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट हुन सफल भएपछि प्रक्रिया अघि बढाइएको थियो। साना ठूला गरी चार योजना तथा आयोजनाबाट प्रतिसेकेण्ड सङ्कलन हुँदै आएको २० लिटर पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुआत भई हालसम्म २५९४ निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । उक्त आयोजना निर्माण सम्पन्नपश्चात् व्यास-१ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी प्रशस्त मात्रामा प्रयोग गर्नसक्ने संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए।

भादगाउँमा बढ्दो सहरीकरणले अहिलेको पानीको क्षमताले पूर्ति गर्न कठिनाइ देखिएपछि वैकल्पिक पानीको स्रोततर्फ लागिएको उनले बताए। संस्थाले दीर्घकालीन सोचका साथ पानीको स्रोत जुटाउन हरदम प्रयास गर्दै आएकोले आयोजनाको लागि सरकारले समेत चासो देखाएको उनले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend