आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बैंक तथा वित्तिय संस्थाहरुलाई भुक्तानी विवरणको तथ्यांक ७ दिनभित्र पेश गर्न राष्ट्र बैंकको निर्देशन

images
बिहीबार , पुस ८ २०७८
images
बैंक तथा वित्तिय संस्थाहरुलाई भुक्तानी विवरणको तथ्यांक ७ दिनभित्र पेश गर्न राष्ट्र बैंकको निर्देशन
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई तथ्यांकको प्रतिवेदनहरु ७ गते भित्र बुझाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आफ्नो कारोबार समबन्धी विवरणहरु मासिक रुपमा अर्को  महिनाको ७ गते भित्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको हो।

images
images
images

राष्ट्र बैंकले शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहकहरू तथा विद्युतीय कार्डको विवरण कारोबार सम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बन्धी विवरण दिन निर्देशन दिएको छ। 

images
images

सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाबमिलान विवरण, भुक्तानी सेवा प्रदायकको ग्राहक सम्बन्धी विवरण,  भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण, भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार समबन्धी विवरण पेश गर्न निर्देशन दिएको छ। 

images
images

भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण र क्लियरिङ्ग हाउस बाट भएका कारोबारका विवरण महिना समाप्त भएपछि अर्को महिनाको ७ गते भित्र बुझाउन निर्देशन दिएको हो।


प्रकाशित : बिहीबार , पुस ८ २०७८१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend