सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषि मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
कृषि मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि कृषि मन्त्रालयअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

जसमा कृषि लगानी दशक कार्यक्रमसमेत रहेको छ। यसैगरी प्रधानमन्त्री कृषि आधुनीकरण आयोजनाका लागि २ अर्ब ९८ करोड, रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ। उखु किसानका लागि अनुदान दिन २ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend