आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ कार्यक्रम सम्पन्न

images
बिहीबार , पुस ८ २०७८
images
ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ कार्यक्रम सम्पन्न
images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

images
images
images

सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको बैंकले जनाएको छ । 

images
images

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन भएको जनाएको छ।

images
images

उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ।

यस्ता साक्षरता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभियानको रुपमा चलाएको हो।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि  बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ।


प्रकाशित : बिहीबार , पुस ८ २०७८१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend