आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य आज पनि उकालो, प्रतितोला चारसयले बढ्यो

मंगलबार, जेठ १५ २०८१
सुनको मूल्य आज पनि उकालो, प्रतितोला चारसयले बढ्यो

सुनको मूल्य मंगलबार नेपाली बजारमा प्रतितोला चारसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- आइतबार स्थिर रहेर सोमबार बढेको सुनचाँदीको मूल्य मंगलबार पनि उकालो लागेको छ।

सुनको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला चारसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन सोमबार प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी आज प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend