शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

images
सोमबार, जेठ १४ २०८१
images
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु गरेका हुन्।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले दशैभर विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ।

images
images
images

बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको बैंकले जनाएको छ।

images
images

बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाइ वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब पच्चिस सय श्रद्धालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी तथा मिठाइ वितरण गरिएको थियो।

images
images

त्यसैगरी बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको 'नगरप्रमुख शैक्षिक सुधार कोष' लाई एक लाख पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाइ छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।

बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहुँमा अवस्थित गलेश्वर आश्रमलाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो। बैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend