शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

ओरालो लागेको सेयर बजार सम्हालियो, ३ अर्ब ८९ करोडको कारोबार

images
सोमबार, जेठ १४ २०८१
images
ओरालो लागेको सेयर बजार सम्हालियो, ३ अर्ब ८९ करोडको कारोबार
images
images

काठमाडौं- आइतबार पहिलो कारोबारमा ओरालोतिर लागेको सेयर बजार सोमबार भने सम्हालिएको छ। सेयर बजारमा गएको साता चार कारोबारमा नै ११२.७१ अंकले बढेको बजार यो साता पहिलो कारोबारमा नै ओरालोतिर लागेको थियो। सोमबार भने सामान्य वृद्धि भएको छ।  

images
images
images

वृद्धितर्फ बढ्न धरमर गरिएको बजार गएको साता निरन्तर सुधारतर्फ देखिए पनि यो साता पहिलो कारोबारमा आइतबार २२.१४ अंकले घटेको थियो। सोमबार ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको छ। १४९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ। ९० कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंकले बढेको थियो। मंगलबार २३.९४ अंकले बढेको बजार बुधबार १५.५४ अंकले बढेको थियो। 

images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका थिए। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend