आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवस विशेष अफर

सोमबार, जेठ १४ २०८१
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवस विशेष अफर

यही अफरअन्तर्गत ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

काठमाडौं- गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ।

टेलिकमले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म लागु हुनेगरी ग्राहकका लागि नयाँ योजना ल्याएको हो।

यसअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ।

यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।

यही अफरअन्तर्गत ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

आजदेखि लागु भएर जेठ १६ गतेसम्मका लागि रहने यो अफरका लागि टेलिकमका ग्राहकले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सक्नेछन्। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend