आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

सोमबार, जेठ १४ २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

सुनको मूल्य सोमबार प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ।

सोमबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ कायम छ।

चाँदी आज तोलामा २५ रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, जेठ १४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend