आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सीएटीएल र निटाबीच ईभी ब्याट्रीका लागि १० वर्षे रणनीतिक साझेदारी

आइतबार, जेठ १३ २०८१
सीएटीएल र निटाबीच ईभी ब्याट्रीका लागि १० वर्षे रणनीतिक साझेदारी

दुई कम्पनीबीच मे २४ मा सांघाईमा सम्झौता भएको हो। यो सम्झौता २०२५ देखि २०३४ सम्म कायम रहेनछ।

काठमाडौं- विश्वकै ठूलो चिनियाँ विद्युतीय सवारी ब्याट्री उत्पादक सीएटीएल र चिनियाँ ईभी स्टार्टअप कम्पनी निटाबीच सम्झौता भएको छ। दुई कम्पनीबीच १० वर्षे रणनीतिक साझेदारीमा हस्ताक्षर भएको हो।

दुई कम्पनीबीच मे २४ मा सांघाईमा सम्झौता भएको हो। यो सम्झौता २०२५ देखि २०३४ सम्म कायम रहेनछ।

सीएटीएलले निटाले उत्पादन गर्ने विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री उत्पादन गरिदिनेछ। त्यस्तै प्रतिस्पर्धी ब्याट्री र सर्भिसको विषयमा पनि सम्झौतामा उल्लेख गरिएको छ। 

यसका साथै दुवै कम्पनीले शून्य प्रदूषणका अन्य क्षेत्रमा काम गर्ने, ब्याट्री स्वाप, भेहिकल टू ग्रिड, ब्याट्र रिसाइकल र बजार विकासमा सँगै काम गर्ने भएका छन्। 

सीएटीएलसँगको साझेदारीले चिनियाँ निटालाई विश्वको निटा बनाउन सहयोग पुग्ने विश्वास निटाले गरेको छ। 

होजोन अटोको ईभी ब्रान्ड निटाको पहिलो मोडल एन०१ २०१८ मा सार्वजनिक भएको थियो। निटा ब्रान्ड दुई वर्षअघि नेपाली बजारमा भित्रिएको थियो। 

चौधरी समूहअन्तर्गत सीजी मोटर्सले दुई वर्षअघि निटा भी मोाडल सार्वजनिक गरेको थियो। हालै कम्पनीले निटाको एक्स मोडल भित्र्याए पनि बिक्रीका लागि भने उपलब्ध गराइसकेको छैन।

परीक्षणलगायत सबै प्रक्रिया पूरा गरेर छिट्टै बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, जेठ १३ २०८११६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend