आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सीएफ मोटोको टेष्ट ड्राइभ तथा बुकिङ सुरु

शनिबार, जेठ १२ २०८१
सीएफ मोटोको टेष्ट ड्राइभ तथा बुकिङ सुरु

सीएफ मोटो र जीहोका उत्पादनहरुको टेष्ट ड्राइभ तथा बुकिङ गर्न कम्पनीको नक्साल, झम्सिखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ।

काठमाडौं- दुई पांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले टेष्ट ड्राइभ तथा बुकिङ खुला गरेको छ।

सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जीहोको एई सिक्स एलआर (डबल ब्याट्री) र सिटी स्वोर्टस मोडलहरु सार्वजनिक गरेसँगै टेष्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको हो।

सीएफ मोटोको उत्पादनहरुलाई बिक्रीवितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप सीएफ मोटो र जीहोलाई नयाँ रुपमा बिक्री वितरणको रणनीतिसहित नयाँ आधिकारिक बिक्रेताको रुपमा छनोट भएको हो।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारी साधन रोज्नेहरुका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ। सीएफ मोटो र जीहोका उत्पादनहरुको टेष्ट ड्राइभ तथा बुकिङ गर्न कम्पनीको नक्साल, झम्सिखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ।

नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा जीहोलाई नेपालकै अग्रणी २ पांग्रे ब्रान्ड बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरु सार्वजनिक गर्ने जनाएको छ। जसअन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवालगायतका विभिन्न कार्यहरुको सुरुवात पनि गरिसकेको जनाएको छ।


प्रकाशित : शनिबार, जेठ १२ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend