आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम, यस्ता छन् एक्सचेञ्जबाट पाइने फाइदा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम, यस्ता छन् एक्सचेञ्जबाट पाइने फाइदा

एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको छ। 

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन ईभी म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरु साट्न सकिनेछ। 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। 

एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन्।

यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै कार्यक्रममा सहभागी भइ टाटाका नयाँ विद्युतीय गाडीहरु खरिद गरेर फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित : शुक्रबार, जेठ ११ २०८११७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend