शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

५ महिनामा ५३ अर्बको सवारीसाधन आयात

बिहीबार , पुस ८ २०७८
५ महिनामा ५३ अर्बको सवारीसाधन आयात

काठमाडौं- चालु आर्थिक वर्षको ५ महिनामा ५३ अर्ब ४५ करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबका सवारीसाधन तथा सवारीजन्य पार्टपूर्जाको आयात भएको छ। कोरोना महामारी न्यून भएसँगै सवारीसाधनको आयात बढ्न थालेको छ। 

कार, जिप, भ्यान, दुईपांग्रे सवारीको आधार धेरै हुने गरेको छ। साउनदेखि मंसिरसम्मका ५ महिनामा सरकारले सवारीसाधन तथा सवारीजन्य पार्टपूर्जाको आयातबाट ५१ अर्ब २६ करोड १३ लाख ५२ हजार रुपैयाँ संकल गरेको छ। 

आयात बढ्दै जाँदा विदेशि मुद्रामा चाप परेको भन्दै मंगलबार केन्द्रीय बैंकले सवारीसाधन आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ। यसअघि सवारीसाधन आयात गर्न १ प्रतिशतमात्र नगद मार्जिन भए पुग्ने व्यवस्था थियो। 

पेट्रोल/डिजेलबाट चल्ने सवारीसाधनको आयात गर्दा ५० प्रतिशत नजद मार्जिन राख्नु पर्ने व्यवस्था रहेपनि विद्युतीय सवारी आयातका लागि भने यो लागु नहुने केन्द्रीय बैंकले जनाएको छ। 

केन्द्रीय बैंकको यो व्यवस्थाले सवारी आयातमा समस्या हुनेभन्दै सवारी आयातकर्ताहरुले बिरोध जनाएका छन्। यो व्यवस्थाले उत्पादनसँग जोडिने सवारीसाधनको आयात उल्लेख्य रुपमा घट्ने उनीहरुको दाबी छ। 


प्रकाशित : बिहीबार , पुस ८ २०७८०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend