बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

पाँच महिनामा १ खर्बको निर्यात

images
बिहीबार , पुस ८ २०७८
images
पाँच महिनामा १ खर्बको निर्यात

आयातमा बढीमा २५ प्रतिशतमात्र मूल्यअभिवृद्धि हुन्छ। यसो हुँदा विदेशी मुद्रा आर्जनमा यो निर्यातले योगदान गर्न सकेको छैन। दोस्रो कारण हो आयातको तुलनामा न्यून निर्यात।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामै १ खर्ब रुपैयाँको निर्यात भएको छ। 

images
images
images

भन्सार विभागका अनुसार यो वर्षको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको हो। अघिल्लो वर्षको तुलनामा यो बढेको हो। विभागका अनुसार अघिल्लो वर्षको तुलनामा १०५ प्रतिशतले निर्यात बढेको छ। 
 
आव २०७८/७९ को साउनदेखि मंसिरसम्मको ५ महिनामा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबको सामान विभिन्न देशमा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिमा ५० अर्ब ५ करोड रुपैयाँ बराबको मालवस्तु निर्यात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको हो।

images
images

पाँच महिनामै १ खर्बको निर्यात भए पनि यसले व्यापार घाटा न्यूनीकरणमा उल्लेखनीय योगदान गर्न सकेको छैन। पाँच महिनामै व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३८ अर्ब पुगेको छ। यस्तो घाटा प्रत्येक वर्ष उचालिँदै आएको छ। जतिसुकै निर्यात बढेपनि यसमा केही पनि कमी आएको छैन।  व्यापार घाटा न्यूनीकरणमा योगदान दुई कारणले हुन सकेको छैन। 

images
images

पहिलो कारण नेपालबाट धेरै निर्यात हुने वस्तुको अधिकांस कच्चा पदार्थ विदेशबाट आयात हुन्छ। अर्थात् नेपालमा थोरैमात्र भ्यालुएड गरेर तयार पारिन्छ। जस्तो भटमासको तेल, पाम तेल यही वर्गमा पर्छन्। 

भटमासको  प्रशोधन नगरिएको तेल विदेशबाट आयात हुन्छ। तरल तेल नै विदेशबाट आयात हुन्छ। त्यसलाई नेपाल ल्याएर प्रसोधनमात्र गरेर भारत निर्यात गरिन्छ। कूल निर्यातमा यसको हिस्सा ६० प्रतिशत भन्दा धेरै छ। 

आयातमा बढीमा २५ प्रतिशतमात्र मूल्यअभिवृद्धि हुन्छ। यसो हुँदा विदेशी मुद्रा आर्जनमा यो निर्यातले योगदान गर्न सकेको छैन। दोस्रो कारण हो आयातको तुलनामा न्यून निर्यात।

चालु वर्षको पाँच महिनमा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको छ। निर्यात भने जम्मा १ खर्ब १ अर्बको। नेपालमा अहिले पनि १ रुपैयाँको निर्यात गर्दा ८ रुपैयाँको आयात हुन्छ। यो खाडा जति धेरै हुन्छ व्यापार घाटा न्यनीकरणमा निर्यातले खासै हस्तक्षेप गर्न सकेको छैन।  


प्रकाशित : बिहीबार , पुस ८ २०७८०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend