आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सीजी मोटर्सद्वारा काठमाडौंमा नयाँ आयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १० २०८१
सीजी मोटर्सद्वारा काठमाडौंमा नयाँ आयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

शोरुम उद्घाटनसँगै आयोन एस र हाइपर ईएसको पनि सार्वजनिक भएको हो।

काठमाडौं- चिनियाँ सवारी उत्पादक जीएसी मोटर्सको सबब्रान्ड आयोनको अधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको छ।

शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ, चौधरी ग्रुपका चेयरपर्सन बिनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी इन्टरनेसनलका भाइस जीएम स्टिभेन वाङ, जीएसी आयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागको डिरेक्टरलगायतले संयुक्त रुपमा गरेका हुन्।  

शोरुम उद्घाटनसँगै आयोन एस र हाइपर ईएसको पनि सार्वजनिक भएको हो।

ayon shwo1.jpg

चीनमा मात्र नभइ विश्वभर नै धेरैले मन पराएका एसयूभीको नेपालमा पनि बिक्री सुरु भइसकेको छ। आधुनिक, सरक्षित र आरामदायी अनभवको संयोजन रहेको आयोन वाईमा १ सय किलोवाट मोटर रहेको छ, जसले २ सय २५ एनएमको अधिकतम टर्क दिन्छ। 

यसको लिथियम-आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि कम्पनीले उपलब्ध गराएको छ। एक फुल चार्जमा यस ईभीले ५ सय किमीभन्दा बढीको रेञ्ज प्रदान गर्दछ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

आयोन वाईको अगाडि र पछाडि दवै चक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १ सय ८३ एमएम छ। आयोन वाईमा १७ इन्चको एल्युमनियम आलोय ह्वील, एलईडी डेटाइम रनिङ लाइट, फोल्डिङ साइड मिरर, र पानीको सेन्सर भएको वाइपरसहितको विभिन्न सविधाहरू छन्। यसमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४ सय ५ लिटरको बुट पनि छ जसलाई १२ सय लिटरसम्म बढाउन सकिन्छ।

ayon shwo nirvana.jpg

आयोन वाईमा सरक्षालाई विषशे ध्यान दिइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ।

गाडिमा १०.२५-इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि-इन्फर्मेसन डिस्प्ले, र १४.६-इन्च टच स्क्रिन डिस्प्ले रहेको छ। यसबाहेक एचडी भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, र ३६० डिग्री एचडी भ्यू क्यामेरा सिस्टम अन्य थप्रै सविधाहरू हुन्छन्। 

जीएसी मोटर्स नवीन, उच्च गुणस्तरका विद्युतीय सवारीहरूको अग्रगामी उत्पादन गर्नमा प्रतिबद्ध छ। सबैका लागि दिगो, प्रभावकारी, र रमाइलो ड्राइभिङ अनभवु प्रदान गर्नु नै जीएसी मोटर्सको लक्ष्य हो।

हाल नेपालभर १ सय २० भन्दा धेरै स्थान हरुमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सविधा उपलब्ध गराउने सीजी मोटर्सले उल्लेख गरेको छ। 


प्रकाशित : बिहीबार , जेठ १० २०८११६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend