आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एकैदिन प्रतितोला एक हजार ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , जेठ १० २०८१
एकैदिन प्रतितोला एक हजार ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ८ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ३५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता लगातार दुई दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागिरहेको छ।

मंगलबार प्रतितोला १२ सय र बुधबार एक सयले घटेको सुनको मूल्य बिहीबार प्रतितोला १८ सय रूपैयाँले घटेको छ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार पनि सुन कीर्तिमानी मूल्यमा पुगेको थियो। सो दिन सुनको मूल्य एक लाख ४० हजार ९ सय कायम थियो।

सोमबार पनि तोलामा ९ सयले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँ पुगेको थियो।

बुधबार तोलामा १५ रूपैयाँले बढेको सुनको मूल्य पनि बिहीबार प्रतितोला ३५ रूपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ १० २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend