आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दराज नेपाललाई १५औँ टाटा एस ईभी हस्तान्तरण

बुधबार, जेठ ९ २०८१
दराज नेपाललाई १५औँ टाटा एस ईभी हस्तान्तरण

मंगलबार आयोजना गरिएको साँचो हस्तान्तरण कार्यक्रमले पनि नवीन र वातावरणमैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्‍याउने टाटा मोटर्स र दराजको संयुक्त प्रयास गरेको हो।

काठमाडौं- दराजले ई-कमर्स १५ वटा टाटाको एस विद्युतीय पिकअप खरिद गरेको छ। दराजले सामान डेलिभरीका लागि विद्युतीय एस लिएको हो।

खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाका बीच दराजले विभिन्न ब्राण्डका कमर्सियल गाडीको परीक्षण गरेको थियो। टाटाको एस ईभीले आफ्नो आवश्यकता पूर्ण गर्ने अधिक सम्भावाना देखेर दराजको टोली भारतमा अवस्थित टाटा मोटर्सको फ्याक्ट्री समेत भ्रमण गर्‍यो।

१५ दिनसम्म काठमाडौंमा विशेषरुपमा गाडीको ट्रायल गरेर टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर सेप्टेम्बर २०२३ मा २ वटा गाडी लिएर काम सुरु गरेको दराजले डिसेम्बर २०२३ सम्म अर्को ५ वटा गाडी थप्दै ७ वटा पुर्‍यायो। अब पूर्ण विश्वास भएपछि थप ८ वटा एस ईभी खरिद गर्दै दराजले अप्रिल २०२४ सम्म आफ्नो ढुवानीमा १५ वटा एस ईभी पुर्‍याएको जनाएको छ।

कार्बन उत्सर्जनले वातावरणमा पार्ने दुष्प्रभावलाई न्यूनीकरण गर्न टाटा मोटर्सले पनि विभिन्न विद्युतीय सवारी बजारमा ल्याइसकेको छ। उही पुरानो विश्वासिलो प्लाटफर्ममा विद्युतीय सवारीको विकल्प पाउँदा सबैलाई सहज अनुभूति हुने नै भयो। साथै यसले दिगो विकासतर्फ आफ्नो प्रतिबद्धतालाई पनि उजागर गर्ने कम्पनीले जनाएको छ।

मंगलबार आयोजना गरिएको साँचो हस्तान्तरण कार्यक्रमले पनि नवीन र वातावरणमैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्‍याउने टाटा मोटर्स र दराजको संयुक्त प्रयास गरेको हो।

'हामी हाम्रो १५औँ टाटा एस ईभी दराज नेपाललाई प्रदान गर्न पाउँदा खुसी छौँ र  यो साझेदारीबाट दुवानी क्षेत्रमा एउटा नवीन र दिगो आयाम थप्ने हामीलाई विश्वास छ। दराजले पर्यावरणमैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानी सञ्जाललाई सबल बनाउँदै जाँदा हाम्रो साथ निरन्तर रहिरहने छ। आवश्यक सर्भिस विकल्प र टाटा प्रोटेक्ट जस्ता २४ घण्टाभित्रै गाडी मर्मत गर्ने सुविधाले टाटा एस ईभी सञ्चालनमा थप सहयोग प्रदान गर्नेछ', कार्यक्रममा सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल युनिटका सिनियर जीएम अनुपमणि ढकालले भने।

यस्तै दराज नेपालका तर्फबाट बोल्दै दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले आफूहरुसँग भएको कुल सवारी साधनमध्ये टाटा एस ईभीले दीर्घकालीन रुपमा लागतलाई कम गर्ने प्रतिबद्धतालाई टेवा दिने बताए। ग्राहकहरूको बढ्दो मागहरू पूरा गर्दै वातावरणीय र व्यावसायिक लक्ष्यलाई अघि बढाउन सिप्रदी ट्रेडिङसँगको सहकार्य जारी राख्ने उनको भनाइ छ।

टाटा एस ईभी उही बहुचर्चित 'छोटा हात्ती' को प्ल्याटफर्ममा बनेको टाटा मोटर्सको 'ईभी जेन' पावरट्रेन विशेषता भएको पहिलो उत्पादन हो। यसले एक पटकको पूरा चार्जमा १ सय ५४ किलोमिटर रेन्ज प्रदान गर्छ।

एस ईभीमा इफिसिएन्ट ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ प्रणाली पाउन सकिन्छ जसले गर्दा गाडीलाई सुरक्षित ढंगमा हरेक प्रकारको मौसममा चलाउन सकिन्छ।

अधिकतम पर्मेसिबल कार्गो भोलुम र २२ प्रतिशत ग्रेडपबिलिटी क्षमता सुनिश्चित गर्न एस ईभीमा १३० एनएम टोर्कको साथ २७ किलोवाट  मोटरद्वारा सञ्चालित छ। गाडी पूरै लोड भएको अवस्थामा पनि सहजै उकालोमा समेत चलाउन सकिन्छ। एस ईभीको कन्टेनर नेपालका आवश्यकताहरू पूरा गर्न विशेष रूपमा कस्टमाइज गरिएको छ।

कम‍पनीले एस ईभीमा ६ वर्ष वा १.६ लाख किलोमिटरको ब्याट्री वारेन्टी दिएको छ भने ग्राउन्ड क्लेरेन्स १६० एमएम छ। यसको ह्विलबेस २१०० एमएम छ। टाटा एस ईभी आईपी ६७ रेटेड छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend