बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

मनकामनामा बन्द केबलकार नियमित सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ८ २०७८
images
मनकामनामा बन्द केबलकार नियमित सञ्चालन

पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो।

images
images

मुग्लिन- नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द  गरिएको  थियो।

images
images
images

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो। मर्मतसम्भार सकिएपछि बिहीबारदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए। 

images
images

केबलकार स्तरोन्नतिको चरणमा रहेको छ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो। चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ। रासस

images
images


प्रकाशित : बिहीबार , पुस ८ २०७८०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend