आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

हिरो मोटर्सको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
हिरो मोटर्सको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त

सुशान्त केसीले हिरो एक्सपल्स, सुरक्षा पन्तले हिरो जुम र दयाहाङ राईले हिरो स्प्लेन्डर मोटरसाइकलको प्रमोसन गर्ने छन्।

काठमाडौं- हिरो मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले तीन जना कलाकारलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले कलाकारहरु दयाहाङ राई, सुरक्षा पन्त र सुशान्त केसीलाई ब्रान्ड एम्बेसडर बनाएको हो। 

नक्सालमा रहेको हिरो मोटर्सको स्टेट अफ द आर्ट शोरुपमा एका कार्यक्रम गरेर उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ। उनीहरुलाई ब्रान्ड एम्बेसडर बनाएसँगै अब हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझ बलियो बनाउने विश्वास कम्पनीको छ। 

सुशान्त केसीले हिरो एक्सपल्स, सुरक्षा पन्तले हिरो जुम र दयाहाङ राईले हिरो स्प्लेन्डर मोटरसाइकलको प्रमोसन गर्ने छन्। 

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टाका लागि परिचित रहेको छ। सीजी मोटर्सले २०२४ अप्रिलदेखि हिरोका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल सुरु गरेको हो। 

हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएसँगै सीजी मोटर्सले नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गरेर बिक्री थालेको हो। सीजी मोटर्सले वार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने गरि प्लान्ट स्थापना गरेको थियो। 

सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरुमा ५० भन्दा बढी हिरोको शोरुम नेटवर्क सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै देशभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई तीव्र रुपमा विस्तार गरिरहेको कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, जेठ ८ २०८११६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend