शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडाले टुंगो लगायो पदाधिकारी र मनोनित सदस्य

उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र सुनिल रिजाल, महासचिव उप्रेती

बुधबार, पुस ७ २०७८
नाडाले टुंगो लगायो पदाधिकारी र मनोनित सदस्य

गएको मंसिर २३ गते भएको भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्ष र कार्यसमिति निर्वाचनपछि बुधबार पदाधिकारी र सदस्य मनोनित भएका छन्।

काठमाडौं- गएको मंसिर २३ गते भएको भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्ष र कार्यसमिति निर्वाचनपछि बुधबार पदाधिकारी र सदस्य मनोनित भएका छन्। बुधबार भएको कार्यसमिति भित्रको निर्वाचनबाट नाडाको महासचिवमा सुरेन्द्र उप्रेती निर्वाचित भएका हुन्। 

त्यसैगरी, केन्द्रीय उपाध्यक्षतर्फ दुई जनाका लागि भएको निर्वाचनमा राजनबाबु श्रेष्ठ विजयी भएका छन्। दुई जना निर्वाचित हुने व्यवस्था रहेकोमा अर्का उपाध्यक्ष पदमा सुनिल रिजाल र निराकर श्रेष्ठले समान मत पाएपछि १-१ वर्ष कार्यकाल बाँड्ने सहमति गरेको हो। पहिलो एक वर्ष सुनिल रिजाल उपाध्यक्ष हुने छन् भने दोस्रो कार्यकालका लागि निराकार श्रेष्ठ उपाध्यक्ष हुने छन्।

कोषाध्यक्षमा मिलनबाबु मल्ल सर्वसम्मत निर्वाचित भएका छन्। महासचिव र कोषध्यक्षमा एक जनाको मात्र उमेदावरी परेको थियो। प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन्। त्यस्तै, सचिव पदमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल विजयी भएका छन्।

गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट नाडाको अध्यक्षमा ध्रुवबहादुर थापा  र १७ जना केन्दीय कार्यसमिति सदस्य निर्वाचित भएका थिए। त्यसैगरी, प्रदेशबाट ७ जना सदस्य निर्वाचित भएका थिए भने नाडाले आज ३ जना सदस्य मनोनित गरेको थियो। पदाधिकारीका लागि आज भएको निर्वाचनमा नाडाको नयाँ कार्यसमितका २८ जनाले मतदान गरेका थिए।

आजै नाडाले सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाललाई सदस्यमा मनोनित गरेको थियो। अग्रवाल कार्यसमिति सदस्यमा निर्वाचन लडेर पराजित भएका थिए।


प्रकाशित : बुधबार, पुस ७ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend