सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भरतपुरका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

सोमबार, जेठ ७ २०८१
भरतपुरका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको हो।

चितवन- भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ। 

महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए। उनका अनुसार ३४ सहकारी समूहका नौ सय ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन्।

करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई/दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय रूपैयाँ र तोरीको बीउमा प्रतिकिलो ३० रूपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ।

'अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए। यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो। यसले किसानलाई ठूलो सहयोग पुगेको छ', उनले भने। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend