आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लगातार रेकर्ड बनाउँदै सुनको मूल्य, सोमबार प्रतितोला ९ सयले बढ्दा हालसम्मकै उच्च

सोमबार, जेठ ७ २०८१
लगातार रेकर्ड बनाउँदै सुनको मूल्य, सोमबार प्रतितोला ९ सयले बढ्दा हालसम्मकै उच्च

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सयले वृद्धि भएको छ भने चाँदी प्रतितोला ३० रूपैयाँले महँगिएको छ।

काठमाडौं- निरन्तर उकालो लाग्दै लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार पनि कीर्तिमानी बिन्दुमा पुगेको छ।

सोमबार प्रतितोला ९ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँ पुगेको छ।

यस्तै नेपाली बजारमा तेजाबी सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४१ हजार एकसय रूपैयाँ तोकिएको छ।

आइतबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि लगातार बढिरहेको छ। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ३० रूपैयाँले महँगिएर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी सोमबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, जेठ ७ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend