आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला १६ सयले बढेर पुन: उच्च मूल्यमा पुग्यो सुन

आइतबार, जेठ ६ २०८१
प्रतितोला १६ सयले बढेर पुन: उच्च मूल्यमा पुग्यो सुन

आइतबार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ।

काठमाडौं- उतारचढावबीच नेपाली बजारमा सुनको मूल्य पुन: हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

गएको बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर शुक्रबार ओरालो लागेको सुनको मूल्य यो साता आइतबार प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ निर्धारण भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार २ सय रूपैयाँ तोकिएको छ।

गत बिहीबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४० हजार रूपैयाँ कायम थियो।

स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्दै रेकर्ड बिन्दुमा पुगिरहेको छ। शुक्रबारको तुलनामा एक सय १० रूपैयाँले बढेर चाँदीको मूल्य पनि आइतबार हालसम्मकै उच्च प्रतितोला एक हजार ९ सय १० रूपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, जेठ ६ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend