बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

एमालेको अवरोधबीच रेल्वेसहित चार अध्यादेश स्वीकृत

images
बुधबार, पुस ७ २०७८
images
एमालेको अवरोधबीच रेल्वेसहित चार अध्यादेश स्वीकृत

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्। 

images
images

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच चार वटा अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत गरिएको छ।

images
images
images

एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको रेल्वे अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र बहुमतले स्वीकृत भएको हो।

images
images

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्।  गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेल्वेबाहेक तीन अध्यादेश सम्बन्धि प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ पेश गरेका थिए। 

images
images

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप लगाउँदै एमालेले संसदमा नाराबाजी गर्दै आइरहेको छ।


प्रकाशित : बुधबार, पुस ७ २०७८०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend