बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

एमसीसी उपाध्यक्षसँगको भेटमा ओलीले भने- तत्काल धारणा बनाउने अवस्था छैन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
एमसीसी उपाध्यक्षसँगको भेटमा ओलीले भने- तत्काल धारणा बनाउने अवस्था छैन
images
images

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले एमसीसी सम्झौंताबारे तत्काल धारणा बनाउने अवस्था नरहेको स्पष्ट पारेको छ । 

images
images
images

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको शिष्टाचार भेटमा सत्तारुढ दलहरुको धारणा नआई सो सम्बन्धमा आफ्नो पार्टीले धारणा बनाउने अवस्था नरहेको बताएका हुन्। 

images

बिहीबार काठमाडौं आएलगत्तै अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उपाध्यक्ष फातिमा नेतृत्वको टोलीले एमसीसीबारे अध्यक्ष ओलीको धारणाबारे चासो व्यक्त गरेको थियो। 

images
images
images

त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै आफ्नो पार्टीले आन्तरिक छलफल गरेर सो सम्बन्धमा आवश्यक निर्णय लिने बताएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए। 

अध्यक्ष ओलीले फातिमा नेतृत्वको टोलीलाई दिएको जवाफ उद्धृत गर्दै उनले भने ‘हामी अपोजिशनमा छौं । रुलिङ पार्टीको के पोजिशन हो ? त्यो पोजिशन क्लियर गरेपछि मात्रै हाम्रो पोजिशन क्लियर गर्ने कुरा हुन्छ । हिजो गोभरर्मेन्टमा हुँदा हामीले हाम्रो प्रयासलाई अघि बढाएका हौं । आज हामी अपोजिशनमा भएपछि हामीले अपोजिशन पार्टीको हिसावले खेल्ने रोल हामीले खेलिरहेका छौं । त्यो भन्दा बढि गर्नु हतारोको विषय हुन्छ भन्ने हामीले भन्यौ । रुलिङ पार्टीको पोजिशन आएपछि हाम्रो पार्टी भित्र छलफल हुन्छ । त्यसपछि मात्रै हामीले अफिसियल निर्णय गछौं । त्यो विषय नै नआई हामीले हतारिएर निर्णय गर्न मिल्दैन ।’

अमेरिकी अनुदान सहायता सम्झौंता (एमसीसी)को विषयलाई लिएर नेपाल भित्र विवाद देखिएपछि उपाध्यक्ष फातिमा नेतृत्वको टोली सोही विषयमा छलफल गर्न नेपाल आएको हो । टोलीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend