शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

भुटान निर्यात गरियो किबीका बिरुवा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
भुटान निर्यात गरियो किबीका बिरुवा

१ लाख १५ हजार रूपैयाँ बराबरको १ हजार २ सय वटा किबीको बिरुवा भुटान निकासी भएको छ।

झापा- पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ। इलाममा उत्पादित किबीको बिरुवा भुटान निर्यात गरिएको हो । 

भुटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए।

१ लाख १५ हजार रूपैयाँ बराबरको १ हजार २ सय वटा किबीको बिरुवा भुटान निकासी भएको छ। 'चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो', उनले भने।

किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए। उनले भने, 'यसबाट किसानमा उत्साह थपिन्छ।'

यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ। 

विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताए।

पाँच वर्ष अघिदेखि किबीको बिरुवा भुटान निर्यात गर्दै आएको उहाँको दाबी छ। समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ। 'यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ', खतिवडाले भने। रासस


प्रकाशित : बुधबार, पुस ७ २०७८०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend