आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला एक लाख ४० हजार पुग्यो सुनको मूल्य

बिहीबार , जेठ ३ २०८१
प्रतितोला एक लाख ४० हजार पुग्यो सुनको मूल्य

बिहीबार एकैदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४० हजार रूपैयाँ पुगेको छ। 

बिहीबार एकैदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो।

तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ३९ हजार ३ सय रूपैयाँ तोकिएको छ। 

यसअघि बैशाख ७ मा सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ पुगेको थियो।

बुधबार सुन प्रतितोला एक लाख ३८ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेर १८ सय रूपैयाँ नाघेको छ। बुधबारको तुलनामा बिहीबार प्रतितोला ६० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , जेठ ३ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend