आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एकैदिन प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, जेठ २ २०८१
एकैदिन प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा एक दिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो लागेको छ।

मंगलबार तोलामा सात सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार एकैदिन एक हजार रूपैयाँले बढेको छ। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार चारसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार तोलामा २५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ३७ हजार चारसय र चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, जेठ २ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend