बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

५ वर्षयताकै उच्च लाभांशको चर्चाले जानकी फाइनान्सको सेयर खरिदमा चाप

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
images
५ वर्षयताकै उच्च लाभांशको चर्चाले जानकी फाइनान्सको सेयर खरिदमा चाप

फाइनान्सको सेयर ५२ हप्ता अगाडि अधिकतम ८३६ रुपैयाँसम्म पुगेको थियो। भने न्यूनतम २१७ रुपैयाँमा कारोबार भएको थियो। धनुषा जिल्लामा केन्द्रिय कार्यालय रहेको फाइनान्सको चुक्ता पुँजी ६० करोड ४१ हजार रुपैयाँ रहेको छ। भने ३ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ रहेको छ। 

images
images

काठमाडौं- जानकी फाइनान्स कम्पनीको सेयरमा पछिल्लो समय खरिद बिक्रीमा व्यापक उतारचढाव हुँदै आएको छ। जसको सेयर मूल्य एकवर्षको अवधीमा चार गुणाले बढेको छ।

images
images
images

मंगलबार पनि फानाइन्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर ५७१ रुपैयाँमा बजार बन्द भएको थियो। जुनको मूल्य सोमबार भन्दा ५१ रुपैयाँले बढेको थियो। मंगलबार २१ हजार ४८४ कित्ता कारोबार भएको थियो। 

images
images

गत वर्ष २३.१६ प्रतिशत लाभांश दिएको फाइनान्सले यसवर्ष २५ देखि ३० प्रतिशत लाभांश दिने हल्ला चलाइएको छ। जसका कारण पनि फाइनान्सको सेयरमा व्यापक उतारचढाव हुने गरेको छ। फाइनान्सले चालु वर्षकाे पहिलाे तीन महिनामा ३ कराेड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। भने प्रतिसेयर आम्दानी १८.६२ रुपैयाँ रहेको छ।

images
images

janaki 2.PNG

फाइनान्सले २०७०/७१ मा ७७ प्रतिशत लाभांश दिएको थियो। भने २०७१/७२ मा २५ प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो। गत वर्षको नाफाबाट यसवर्ष ३० प्रतिशत लाभांश घोषणा गरेमा जानकी फाइनान्सले पाँच वर्ष यताकै उच्च लाभांश हुने छ। सोही चर्चाका कारण पनि हरेक दिन जानकी फाइनान्सको सेयर मूल्यमा उतारचढाव भइरहेको छ। 

फाइनान्सको सेयर ५२ हप्ता अगाडि अधिकतम ८३६ रुपैयाँसम्म पुगेको थियो। भने न्यूनतम २१७ रुपैयाँमा कारोबार भएको थियो। धनुषा जिल्लामा केन्द्रिय कार्यालय रहेको फाइनान्सको चुक्ता पुँजी ६० करोड ४१ हजार रुपैयाँ रहेको छ। भने ३ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ रहेको छ। 

कुन वर्ष कति लाभांश? 

janaki 1.PNG

 


प्रकाशित : बुधबार, पुस ७ २०७८०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend