आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किङलङको नयाँ शोरुम पानीपोखरीमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १ २०८१
किङलङको नयाँ शोरुम पानीपोखरीमा

किङलङका विद्युतीय कमर्सियल भेहिकलहरुमा प्रयोग भएको मोटरले ३ सय १० एनएम टर्क जेनेरेट गर्दछ। किङलङ १४ सिटर विद्युतीय कमर्सियल भेहिकलमा ५० किलाेवाट आवरको ब्याट्री प्याक छ।

काठमाडौं- सीजी मोटर्सले काठमाडौंको पानीपोखरीमा किङलङको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एक कार्यक्रमबीच मंगलबार शोरुम उद्घाटन गरेको हो।

किङलङका चेयरम्यान ल्यीउ झिजुन र सीजी मोटरका अध्यक्ष निर्वाण चौधरीले नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका हुन्। 

किङलङको पानीपोखरीस्थित नयाँ शोरुममा किङलङ १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ। सबै भेरियन्टहरुमा सीएटीएलले उत्पादन गरेका ब्याट्री प्रयोग भएको छ। जसले एकपटकको फुल चार्जमा ३ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ।

किङलङका विद्युतीय कमर्सियल भेहिकलहरुमा प्रयोग भएको मोटरले ३ सय १० एनएम टर्क जेनेरेट गर्दछ।

किङलङ १४ सिटर विद्युतीय कमर्सियल भेहिकलमा ५० किलाेवाट आवरको ब्याट्री प्याक छ।

kinglong shwo1.jpg

यसका साथै उक्त गाडीमा एबीएस तथा ईबीडी, १ सय ८० एमएमको ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीजस्ता विशेषताहरु पाउन सकिन्छ। उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।

किङलङ १६ सिटर विद्युतीय भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। उक्त गाडीमा १५ इन्चको टाएर पाउन सकिन्छ भने यो गाडीमा पनि एबीएस, सेन्ट्रल लकिङ, एसी, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर विथ बजर, एभीएएसजस्ता विशेषताहरू पाउन सकिन्छ।

किङलङ १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ र यसमा ७७.२८ किलोवाट आवरको ब्याट्री समावेश गरिएको छ। यस गाडीमा २२० एमएमको उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टाएर, एबीएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी, एलईडी डीआरएल विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिन्छ।

किङलङ १४ सिटर भ्यानमा ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा  ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर गाडीमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिन्छ।

ग्राहकहरूको मागअनुसार किङलङको पानीपोखरी शोरुमसँगै नेपालभर थप २१ वटा शोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा सीजी मोटर्सले उपलब्ध गराइरहेको छ। साथसाथै काठमाडौंमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १ सय २० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend