आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कुमारी बैंक र फिट लाइफ क्लबबीच ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता

सोमबार, वैशाख ३१ २०८१
कुमारी बैंक र फिट लाइफ क्लबबीच ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र टिकापुर कैलालीस्थित फिट लाइफ क्लबबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा टिकापुर, कैलालीमा रहेको सो क्लबमा १५ प्रतिशत  छुट प्राप्त गर्न सक्नेछ। 

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ इकाइहरुमार्फत बैंकले सेवा दिइरहेको छ। 

आफ्ना ग्राहकलाईअत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धतासमेत बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend