आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सिटिजन्स बैंकको स्मार्ट बचत खातामा ग्राहकलाई १७ अफर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ३१ २०८१
सिटिजन्स बैंकको स्मार्ट बचत खातामा ग्राहकलाई १७ अफर

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकका लागि १७ विभिन्न सुविधाहरु सार्वजनिक गरेको छ। जसमा बैंकले शून्य ब्यालेन्सको खाता, फ्रि डिम्याट आकाउन्ट सुविधा र थ्रि डी सेवामार्फत नि:शुल्क एक्टिभेसन र सुरक्षित ट्रान्सफर, नि:शुल्क इन्टरनेट बैंकिङ, नि:शुल्क डेबीट कार्डसहितको सुविधा सार्वजनिक गरेको हो।

त्यसै बैंकले निशुल्क मोबाइल बैंकिङ, निशुल्क सि-आस्वा सर्भिस, सबै डिजिल प्रडक्टसहित एटिम कार्डको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, भिषा क्रेडिट कार्ड ५० प्रतिशत छुट समेत बैंकले ग्राहकहरुलाई दिइरहेको छ। 

बैंकले १७ सुविधाअन्तर्गत नै अन्तर्राष्ट्रिय भिसा डेबिट कार्ड (इ-कम कार्ड) मो शुल्कमा पनि ५० प्रतिशत छुट ग्रहाकलाई दिइरहेको छ। त्यस्तैगरी एफसीवाइ एक्स्चेन्जमाको प्रिमियममा ०.१० पैसा छुट समेत बैंकले ग्राहकलाई दिएको छ।

बैंकले डलर ट्राभल कार्डमा पनि १७ प्रतिशत छुट दिएको छ। भने वेभर स्विफ्ट शुल्कमा पनि १७ प्रतिशत छुट दिएको छ। त्यस्तैगरी बैंकले वेभर डिमान्ड ड्राफ्ट शुल्कमा पनि १७ प्रतिशत छुट दिएको छ। युएसडी भिसा कार्ड मार्फतको अनलाइन पेमेन्टको शुल्कमा पनि १७ प्रतिशत छुट बैंकले दिएको छ। 

पहिलो पटक १०० सम्म टपअप गर्ने ग्राहकलाई १० प्रतिशत क्यासब्यक र ७ जना लक्की ड्र मार्फत ७ जनालाई एयरबड पुरस्कार दिने समेत घोषणा गरेको छ। बैंकले पूर्ण वातावरण मैत्री हरियो डिजिटल प्रडक्ट- खोलिएको प्रत्येक खाताको लागि रूख रोपिनेछ साथै कुनै चेकबुक-स्टेटमेन्टहरू छापिने छैन। ग्राहकलाई पहिलो वर्ष निशुल्क सुविधा दिने समेत बैंकले जानकारी दिएको छ।  

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ४३ हजार ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८१११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend