सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एमजी फोर ईभीले हात पार्‍यो २०२४ को उत्कृष्ट कारको उपाधी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३० २०८१
एमजी फोर ईभीले हात पार्‍यो २०२४ को उत्कृष्ट कारको उपाधी

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले एमजीको प्रशंसा गर्दै एमजी फोरले न्यूजील्याण्डमा मात्रै नवौँ पुरस्कार जित्स सफल भएको बताए।

काठमाडौं- नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा एकपछि अर्काे सफलता हात पार्दै आएको छ। यही क्रममा एमजी फोर ईभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधी हात पारेको छ। 

न्युजिल्याण्डको स्टफद्वारा आयोजित ‘टप कार २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी फोर ईभीले शीर्ष उपाधी जित्न सफल भएको हो। अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले एमजीको प्रशंसा गर्दै एमजी फोरले न्यूजील्याण्डमा मात्रै नवौँ पुरस्कार जित्स सफल भएको बताए। 

गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतीय कार एमजी फोर ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ। २०२२ मा बजारमा आएको एमजी फोर ईभीले ‘वेष्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इयर २०२३’, ‘वेष्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इयर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ। 

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ। ३ सयभन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु युरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ। 

यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरु बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरुले गर्छन्।

एमजीको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी फोर ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईीभ गरी ३ वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरु बिक्री वितरण गर्दै आएको छ। 


प्रकाशित : आइतबार, वैशाख ३० २०८११८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend