आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

शिखर इन्स्योरेन्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो

images
आइतबार, वैशाख ३० २०८१
images
शिखर इन्स्योरेन्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो
images
images

काठमाडौैं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा र प्रतिसेयर आम्दानी दुवै बढेको छ।  

images
images
images

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण इन्स्योरेन्सको नाफा बढ्न पुगेको हो।

images
images

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ। त्यस्तै इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend