सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एटिएस ब्राण्डको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

शुक्रबार, वैशाख २८ २०८१
एटिएस ब्राण्डको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

बैशाख- पशुपती सेरामिक्स् प्रालीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रिबितरणको सुरुवात गरेको छ। सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको जनाएको छ।

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४०० वाई ४०० मिमिको पार्किङ टाइल र ६००वाई ६०० मिमिको सेमी-भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो। भविष्यमा कम्पनीले क्रमश ३०० वाई ४५० को वाल टाइल र ६०० वाई १२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ। 

कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको कम्पनीको दाबी छ।

'अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं,' कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने, 'यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ।'

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे। टाइल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने छ।  

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ। कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको  जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend