सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बीवाईडीका बिजुली गाडी किन्ने यी ११ जनाले पाए युरोकप हेर्न जाने अवसर

शुक्रबार, वैशाख २८ २०८१
बीवाईडीका बिजुली गाडी किन्ने यी ११ जनाले पाए युरोकप हेर्न जाने अवसर

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ११ जना ईभी खरिदकर्तालाई युरोकप २०२४ हेर्न जाने अवसर दिएको छ। जर्मनीमा आगामी महिनादेखि हुने युरोपक हेर्न जाने ११ जना बिहीबार लक्की ड्रमार्फत छनोट गरिएको हो। 

शुक्रबार एक कार्यक्रमबीच बीवाईडीको नेपाली ब्रान्ड एम्बास्डर कलाकार हरिवंश आचार्य र साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा विजेता छनोट गरेका हुन्। 

साइमेक्सले फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाईडीका विद्युतीय गाडी खरिद गर्ने ग्राहकमध्येबाट ११ जना विजेताको छनोट गरेको हो। यो अवधिमा ८ सय जना उपभोक्ताले बीवाईडीका सवारी खरिद गरेको कम्पनीले जनाएको छ। 

byd euro.jpg

जुन १४ देखि जर्मनीमा सुरु हुने युरोकप २०२४ हेर्न जाने अवसर कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, ममता क्षेत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेलले प्राप्त गरेका छन्। 

साइमेक्सले युरोकप २०२४ को अवसरमा ‘नेपाली अब युरो कपमा स्किम’ ल्याएको थियो। बीवाईडी युरोकप २०२४ को आधिकारिक ई-मोबिलिटी पार्टनर रहेको छ। युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका दस स्टेडियमहरूमा आयोजना हुँदैछ।

नवीन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकको सन्तुष्टिमा अग्रसर साइमेक्स इंकका अनुसार बीवाईडीका कार खरिद गर्ने ११ जना विजेताहरुलाई युरोकप २०२४ मा खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर प्रदान गरेको हो। 

साइमेक्स इंक विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend